विवाह बन्धनमा बाधिए संजोग र बर्षा

विवाह बन्धनमा बाधिए संजोग र बर्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेको अवसर पारेर अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउत विवाह बन्धनमा बाधिएका छन् । दुई दिन पहिले सिमीत आफन्त र इस्ट मित्रमाझ इन्गेजमेन्ट गरेको यो जोडीले विहीबार विवाह गर्दै सधैँका लागी एकअर्काको भएका हुन् । भ्यालेनटाइन डेको दिन विवाह गरेका यो जोडीले विवाहमा सिमित व्याक्ती र आफन्तलाई मात्र निमन्त्रणा गरेका छन् ।

भोली फागुन ३ गते शुक्रबार भने वर्षा र संजोगले सिनेमा क्षेत्रका साथी भाइ तथा आफन्तको लागी पार्टी राखेको बुझिएको छ । मंगलबार इन्गेजमेन्ट गरेको तश्बिर सार्वजनिक गर्दै वर्षा र संजोगले आआफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका थिए, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका थिए । दुईले संयूक्त नाम ‘सन्सा’ राखिएको जानकारी उक्त स्टाटसबाट गराएका थिए ।

केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत् विवाहको मिति घोषणा गरेका थिए । अहिले उनीहरुलाई चलचित्रकर्मी तथा शुभचिन्तकहरुको बधाई तथा शुभकामनाको ओहिरो लागेको छ । ‘सन्सा’ जोडीको विवाह २०७५ को सबैभन्दा प्रतिक्षीत वेडिङ हो । ७ वर्ष अगाडि एक सिनेमाको अडिसनको क्रममा संजोग र वर्षाको पहिलो पटक भेट भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भएका थिए । विवाह बन्धनमा बाधिएका संजोग र वर्षालाई द सिनेमा टाइम्सको तर्फबाट वैवाहिक जिवनको शुभकामना !!!