विवाहको दुई दिन पहिले बर्षा र संजोगले गरे इन्गेजमेन्ट !

विवाहको दुई दिन पहिले बर्षा र संजोगले गरे इन्गेजमेन्ट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । फागुन २ गते विवाह बन्धनमा बाधिन लागेको यो जोडीले विवाहको दुई दिन पहिले एक आपसमा औंठी सटेका हुन् । सात वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडीले विवाहमा परिणत गर्न लागेका छन् । सोमबार आयोजीत इन्गेजमेन्ट कार्यक्रममा वर्षा र संजोगका परिवारका सदस्य केही आफन्तलाई मात्र निमन्त्रणा गरिएको थियो ।

भ्यालेनटाइन डेको दिन विवाह गर्न लागेको यो जोडीले सिमित व्याक्ती र आफन्तलाई मात्र निमन्त्रणा गरेका छन् । विवाहको भोलीपल्ट फागुन ३ गते भने वर्षा र संजोगले सिनेमा क्षेत्रका साथी भाइ तथा आफन्तको लागी पार्टी राखेको बुझिएको छ । इन्गेजमेन्टको तश्बिर सार्वजनिक गर्दै वर्षा र संजोगले आआफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका छन् । दुईले संयूक्त नाम ‘सन्सा’ राखेका छन् ।

केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत् विवाहको मिति घोषणा गरेका थिए । अहिले उनीहरुलाई चलचित्रकर्मी तथा शुभचिन्तकहरुको बधाई तथा शुभकामनाको ओहिरो लागेको छ । ‘सन्सा’ जोडीको विवाह २०७५ को सबैभन्दा प्रतिक्षीत वेडिङ हो । ७ वर्ष अगाडि एक सिनेमाको अडिसनको क्रममा संजोग र वर्षाको पहिलो पटक भेट भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भए । अब उनीहरु प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् ’भ्यालेनटाइन डे’ को दिन अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम खाँदैछन् । संजोग र वर्षालाई द सिनेमा टाइम्सको तर्फबाट इन्गेजमेन्ट र वैवाहिक जिवनको शुभकामना !!!