सलिनमान स्टारर ‘यात्रा’को पहिलो गीत रिलिज (भिडियो)

सलिनमान स्टारर ‘यात्रा’को पहिलो गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ वर्ष २०७६ अवसरमा रिलिज हुने सिनेमा ‘यात्रा: अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमा सार्वजनिक ‘पाँच पन्छी..’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार सलिनमान बनियाँ, मल्लिका महत, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, रेयर राई लयायतका कलाकारलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतले यात्रा गरिरहेका यात्रीको माहोललाई देखाएको छ ।

प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई, धर्मेन्द सेवान, प्रेक्षा बज्राचार्य, उपकार पाण्डेको स्वर छ । भने सार्वजनिक गीतमा प्रविण सिंहको कोरियोग्राफी हेर्न पाइने छ । यो सिनेमालाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकिय सिनेमा हो । यात्राको क्रममा आउने उतार चढावको कथामा निर्माण भएको सिनेमाको कथा स्वयंम निर्देशक शाक्यले तयार पारेका हुन् । भने यसलाई पटकथा तथा संवादमा निर्देशक शाक्यसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले ढालेका हुन् ।

सिनेमामा सलिनमान बनियाँ, मल्लिका महत, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । यसका साथै विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । सिनेमामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल हुन् ।

सिनेमामा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ ।