बरुण र श्रद्धा स्टारर ‘रुल ब्रेकर्स’को फस्टलुक सार्वजनिक

बरुण र श्रद्धा स्टारर ‘रुल ब्रेकर्स’को फस्टलुक सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको निर्देशनमा तयार भैरहेको सिनेमा ‘रुल ब्रेकर्स’को फस्टलुक सार्वजनिक गरिएको छ । यो सिनेमा ‘एबीसीडी’को तेस्रो फेन्चाइज हो । यो सिनेमामा बरुण धवनको मुख्य भुमिका रहेको छ । ‘रुल ब्रेकर्स’मा पहिले बरुणको जोडीको रुपमा अभिनेत्री कैटरिना कैफको जोडी बाधिएको थियो । तर कैटरिना अभिनीत सिनेमा ‘भारत’को छायांकन र यो सिनेमाको छायांकन एकै समयमा हुने भएपछि कैटरिनाले सिनेमाबाट हात झिकेकी थिइन् ।

अहिले यो सिनेमामा बरुणको जोडी भएर अभिनेत्री श्रद्धा कपुरले काम गरि रहेकी छन् । श्रद्धा र बरुणको जोडी ‘एबीसीडी’को दोस्रो सिरिजमा पनि दर्शकले हर्न पाएका थिए । यो सिनेमाले बलिउड बक्सअफिसमा बम्पर ब्यापार गरेको थियो । ‘एबीसीडी’को तेस्रो सिरिज ‘रुल ब्रेकर्स’मा पनि यो जोडीको रोमान्स पक्का भएसँगै बलिउड बक्सअफिसमा कमालको ब्यापार गर्न निर्माण टिमको आशा छ । यो सिनेमामा बरुण धवन र श्रद्धा कपुरका अलवा प्रभु देवा, नोरा फतेहीको पनि मुख्य भुमिका रहने छ ।

सिनेमामा भुषण कुमार, कृष्ण कुमार र लिजैला डिसुजाको लगानी रहेको छ । यो २०१८ को नोभेम्बर ८ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने निर्माण टिमले जनाएको छ । सिनेमाको पञ्जाब सेड्युलको छायांकन सकिएको छ । भने अब यो सिनेमाको छायांकन केही दिनमा लण्डनबाट सुरु गरिने छ । बलिउड मिडियाका अनुसार रुल ब्रेकर्समा स्टेजमा भारत र पाकिस्तान विच हुने डान्स प्रतिस्प्रर्धाको कथामा आधारित छ । सिनेमामा श्रद्धा एक पाकिस्तानी केटीको भुमिकामा देखिने छिन् । भने बरुण पञ्जाबका युवाको भुमिकामा देखिनेछन् । बलिउड मिडियाका अनुसार सिनेमामा ‘एबीसीडी’को हिट गीत ‘बेगुनाह’को रिमेक गरिनेछ ।