‘समर लभ’उपन्यास पढ्ने पाठकले आफैलाई सिनेमाको पर्दामा भेट्नसक्ने छन्=मुस्कान ढकाल

‘समर लभ’उपन्यास पढ्ने पाठकले आफैलाई सिनेमाको पर्दामा भेट्नसक्ने छन्=मुस्कान ढकाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सामाजिक सञ्जालको प्रयोग जति नै भढ्दा पनि पछिल्लो क्रममा नेपाली पाठकहरुमा पठनिय प्रवृति बढ्दो छ । त्यसो त युवापुस्ता लक्षित उपन्यासहरु समय- समयमा बाहिर आउँदै गर्दा त्यसले पाठकहरुमा पठनिय रुची थप बढाएको एकातिर छ भने पुस्तक लेखेर पनि देशमै केहि गर्न सकिन्छ भन्ने प्रमाण पछिल्लो पुस्ताका लेखकहरुबाट प्रस्तुत हुँदै आइरहेको छ  ।

जसबाट सिनेमा र साहित्यसँग जोडिन अभिरुची राख्नेलाई पछिल्लो पुस्ताका लेखकहरु खम्बा बनिरहेका छन् ।उल्लेखित पङ्ग्तिहरुलाई स्थापित गर्ने पछिल्लो पुस्ताका लेखकहरु मध्ये श्रेय जाने एउटा नाम हो सुबिन भट्टराई । सुबिनले ६ बर्ष पहिले बजारमा ल्याएको ‘समर लभ’ उपन्यासले ऐतिहासिक लोकप्रियता कमायो । सुबिन भन्छन्, ‘आजका दिनसम्म पनि पुस्तकको विक्री वितरणमा र यसप्रति पाठकहरुको आकर्षणमा कुनै कमी आएको छैन ।’


‘समर लभ’मा मुख्य पात्र अतित, साया र सुस्मिता अनि लेखक स्वयंमले निभाएको भुमिकाभित्र आफुलाई पाउने हरेक पाठकले अब भने सिनेमाको पर्दामै आफुलाई भेट्न पाउँदैछन् । ‘समर लभ’को कथामाथी तयार भएको फिल्म प्रदर्शनको लागी तयार छ ।
माघ २५ बाट प्रदर्शनमा आउन लागेको फिल्मका पात्रमा दर्शकले अनि उपन्यास पढ्ने पाठकले आफैलाई भेट्नसक्ने कुरा निर्देशक मुस्कान ढकालले यसअघि देखि बोल्दै आइरहेका छन् ।

फिल्ममा अतितको भुमिकामा आशिष पिया रहँदा सायाको भुमिकामा रेवती क्षेत्री र सुस्मिताको भुमिकामा नम्रता सापकोटा छन् भने न्यारेटर (लेखक)को भुमिकामा सुरजसिंह ठकुरी छन् । फिल्मलाई लिएर निर्देशक ढकाल भन्छन्, ‘समर लभ पुस्तकलाई पाठक तथा दर्शकले जति माया दिनु भएको छ र यसको भाव बुझ्नुभएको छ, सोहिअनुसार कथाको मर्म मर्न दिएको छैन, पुस्तक पढ्दाको मज्जालाई पर्दामा थप अब्बलताका साथ उतारेका छौँ ।’

खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेको यो फिल्ममा विनोद अधिकारी कार्यकारी निर्माता र एकराज तामाङ लाइन प्रोड्यूसरमा छन् ।