‘प्रेम दिवस’ को गीत, आयुष्मानको नजिक सर्न खोज्दै प्रियंका (भिडियो)

‘प्रेम दिवस’ को गीत, आयुष्मानको नजिक सर्न खोज्दै प्रियंका (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आयुष्मान देशराज जोशी र प्रियंका कार्की स्टारर सिनेमा ‘प्रेम दिवस’ को गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

‘तिम्रो छेउ सरुँ कि म’ बोलको गीतमा अञ्जु पन्तको स्वर सुन्न सकिन्छ भने संगीत र शब्द महराज थापाका रहेका छन् । प्रियंका र आयुष्मानलाई फिचरिङ गरिएको गीतलाई अहिलेका चर्चित कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन् ।

प्रियंका र आयुष्मानका अतिरिक्त हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने लगायतका कलाकारले अभिनय गरेका छन् ।

रोशन श्रेष्ठको एक्सन रहेको यो सिनेमालाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै सिनेमामा सञ्जय न्यौपानेको लगानी छ भने सह–निर्मातामा रमेश चौधरी र उत्सव ढकाल रहेका छन् ।

आउँदो वर्षको जेठ ६ गते रिलिज हुने यो सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।