बोली फेरी रहने कंगना : ‘सलमान खान मेरो राम्रो साथी हुन् ।’

बोली फेरी रहने कंगना : ‘सलमान खान मेरो राम्रो साथी हुन् ।’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडकी क्वीन अभिनेत्री कंगना रनौतको पछिल्लो सिनेमा ‘मणिकर्णिका– द क्विन अफ झाँसी’ र ‘मेन्टल है क्या’ प्रदर्शनको क्रममा रहेका छन् । विषेश गरि अहिले कंगना अभिनीत सिनेमा ‘मणिकर्णिका– द क्विन अफ झाँसी’ अहिले चर्चाको शिखरमा छ । यो सिनेमा आगामी शुक्रबार २५ जनवरीबाट विश्वभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ ।

यही सिनेमालाई लिएर मुख्य पात्र कंगना रनौत सहितको पूरा टिम प्रचार प्रसारमा लागी परेको छ । सिनेमाको प्रमोसनका लागि कंगनाले फरक–फरक तरिका अपनाइरहेकी छिन् । यसैबीच उनले सलमान खानसँग काम गर्ने इच्छा राखेकी छिन् । अंग्रेजी वेबसाइट पिंकभिलाको खबर अनुसार कंगना रनौतले एक पत्रकार सम्मेलनमा भनेका छिन्, ‘सलमान खान मेरो राम्रो साथी हुन् ।’

यदि मलाई सलमान खानको साथमा काम गर्ने मौका मिल्यो भने अवश्य गर्नेछु ।’ तर, दुई वर्षपहिले उनले करण जौहरको च्याट शो कफी विथ करणमा भनेकी थिइन, ‘म बलिउडका कुनै पनि खानसँग काम गर्न चाहन्नँ ।’

पछिल्लो समय उनले अभिनय सिनेमा लगातार फ्लप भएपछि कंगनाले बोली फेरेका आकलन बलिउड मिडियाले गरेका छन् । बलिउड मिडियाका अनुसार कंगना आफ्नो अडानमा टिकिनन् कंगना अभिनित सिनेमा ‘मणिकर्णिका– द क्विन अफ झाँसी’ले बक्सअफिरमा राम्रो ब्यापार गर्ने आकलन गरिएको छ ।