लव रन्जनको नयाँ सिनेमामा रणवीर र दीपिकाको जोडी ?

लव रन्जनको नयाँ सिनेमामा रणवीर र दीपिकाको जोडी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोण र पूर्व प्रेमी रणवीर कपुर एकपटक पुन सँगै स्क्रिन शेयर गर्दैछन् । जसको पुष्टि बलिउड मिडियाले गरेका छन् । यो जोडीले लव रन्जनको नयाँ सिनेमामा एकसाथ काम गर्न लागेको खबर बलिउड मिडियाले प्रकाश गरिरहेका छन् ।

हालै सिम्बा जस्तो सफल सिनेमा दिएका रणवीर सिंहसँग विहे गरेकी दीपिका पादुकोणले बिहे गरेकी थिइन । विवाह पश्चात उनले ‘राजी’ फेम्ड निर्देशक मेगना गुल्जार र निर्देशक लव रन्जनको आगामी सिनेमा काम गर्ने पक्का गरेको खबर बलिउड मिडियामा छाइरहेको छ ।

लव रञ्जनको सिनेमामा दीपिकासँग रणवीर कपुरका अलवा अजय देवगनको पनि मुख्य भुमिका रहने छ । दीपिका र रणवीरको अफेयर टुटेपछि पनि यी दुईले एकसाथ काम गरेका थिए । बलिउड मिडियाका अनुसार सम्भवतः दीपिकाले विहे पछिको पहिलो सिनेमा नै रणवीर कपुरसँग गर्दैछिन् । त्यसपश्चात मात्रै उनले मेगनासँग मिलेर निर्माण तथा अभिनय रहने सिनेमा ‘छप्पन’मा काम गर्नेछिन् ।

नाम तय भइनसकेको लभ स्टोरी रहने फिल्मको छायांकन सन् २०१९ को मध्यतिरबाट हुनेछ । यसअघि पनि रणवीर कपुर र दीपिकाले एकसाथ तीन वटा फिल्ममा काम गरिसकेका छन् । रणवीर कपुर र दीपिकाले ’बचना ए हसीनो’, ’ए जवानी हे दिवानी’ र ’तमाशा’मा एकसाथ काम गरिसकेका छन् ।