शाहरुखले ‘सारे जहाँ से अच्छा’ छोडका छैनन् : अंजुम राजाबाली

शाहरुखले ‘सारे जहाँ से अच्छा’ छोडका छैनन् : अंजुम राजाबाली

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानको अभिनय रहेको सिनेमा ‘जिरो’को अफलतामा रुमल्लीएका छन् । केहीदिन देखि उनको अभिनय रहने नयाँ सिनेमा राकेश शर्माको बायोपिक ‘सारे जहाँ से अच्छा’बाट हात झिकेको खबर बलिउड मिडियाले प्रकाशन गरेका थिए । खबर यो पनि थियो कि शाहरुखले यो बायोपिक सिनेमा छाडेर ‘डन ३’को तयारी लागेका छन् । तर यो सवै खबर झुट रहेको सिनेमाका लेखक अंजुम राजाबालीले बताएका छन् ।

‘सारे जहां से अच्छा’ सिद्धार्थ रोय कपुर र रोमी स्क्रुवालाको प्रोडक्सन हाउसमा निर्माण हुँदैछ । यो सिनेमालाई आमिर खानले छोडेर शाहरुखलाई सिफारिस गरेका थिए । सिनेमाका लेखक अंजुमका अनुसार शाहरुखले केहीदिनमा सिनेमाको तयारी सुरु गर्दैछन् । लेखकका अनुसार शाहरुखलाई अंतरिक्ष यात्री राकेश शर्माको भुमिकामा काम गर्न निकै उत्साहित रहेको उनले खुलाएका छन् । निमार्ण कम्पनीले जब सिनेमाको घोषण गर्छ त्यही दिनदेखि शाहरुखले काम सुरु गर्ने दाबी अंजुमले गरेका छन् ।

यो सिनेमाका लागी आमिरले नै शाहरुखलाई फोन गरेर सिनेमामा काम गर्न सुझाव दिएका थिए । जब शाहरुखले सिनेमाको कथा मन पराएको आमिरले थाहा पाए आमिर निकै खुशी भएको अंजुब राजाबालीले बताए । शाहरुख खान, अनुष्का शर्मा र कैटरिना कैफ अभिनीत जिरोको असफता पश्चात ‘डन ३’ र ‘सारे जहाँ से अच्छा’बाट दह्रो कमब्याकको तयारीमा रहेको बलिउड मिडियाले जनाएका छन् ।