आफ्नो भूमिकामा कडा मेहनत गर्ने विपिन, ‘गोपी’ मा जम्लान्?

आफ्नो भूमिकामा कडा मेहनत गर्ने विपिन, ‘गोपी’ मा जम्लान्?

द सिनेमा टाइम्स
0
Shares


द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विपिन कार्की फरक भूमिकामा देखिन रुचाउने कलाकारमा पर्छन् । गौण भूमिका हुँदै मुख्य भूमिकामा जमेका कार्की यतिबेला सिनेमा ‘गोपी’ का कारण चर्चामा छन् ।

अर्कातिर उनले अभिनय गरेको सिनेमा ‘प्रसाद’ को चरित्रको चर्चा कम भएको छैन । उक्त सिनेमा विदेशमा भएका नेपालीमाझ प्रदर्शन हुने क्रम जारी छ । ‘प्रसाद’ मा दलित युवकको भूमिकामा देखिएका विपिन रिलिजको क्रममा रहेको सिनेमा ‘गोपी’ मा गाई पाल्ने किसानको भूमिकामा देखिएका छन् । यो सिनेमामा पनि आफूलाई फरक बनाउन मेहनत गरेको बताउँछन् विपिन ।

सिनेमा बजार गोपीमय बनिरहेका बेला विपिनको भूमिकालाई लिएर दर्शकले चासो देखाउनु अस्भाविक भएन । अभिनेता विपिन पनि यो सिनेमामा पनि फरक भूमिकालाई उठान गरेको बताउँदै आएका छन् ।

व्यावसायिक हिसाबले बढी जोड दिइएका सिनेमादेखि लिएर विशुद्ध कलालाई बढी प्रयोग गरिएका जीवन्त कथामा बन्ने सिनेमा गरी दुवै खाले सिनेमामा रोजाइ बन्दै आइरहेका विपिन सिनेमा ‘गोपी’ बाट आशावादी छन् । किनकि, यो सिनेमाको स्किृप्टले उनलाई बाँधेको थियो । एक बसाइँमै सिनेमाको स्किृप्ट पढिसकेका थिए ।

सिनेमा ‘हरी’ मा विपिन कार्की

सिनेमाको बारेमा विपिन सुनाउँछन्, ‘यो सिनेमामा मैले वास्तविक जीवनमा गरिसकेको काम नै गरेको हुँ, पहिले म गाउँमा हुँदा दूध पनि बेचेको छु, घरमा गाई पनि पालेका थियौँ, त्यो हिसाबले चरित्रलाई पर्दामा उतार्न सजिलो पनि भयो ।’

यो सिनेमालाई ‘घामपानी’ निर्देशन गरेका दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । विपिनलाई सिनेमामा वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे लगायतका कलाकारले पनि अभिनय दिएका छन् । विषयवस्तुका हिसाबले सिनेमामा केही फरक विषयवस्तु उठाइएको छ । सिनेमाले किसान र गाईका माध्यमबाट मान्छे र जनावरको आत्मीयतालाई पनि प्रस्तुत गर्न खोजेको छ । आरोही केसीले निर्माण गरेको यो सिनेमामा श्रीधर पौडेल कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

यसैगरी सिनेमामा सामीप्यराज तिमल्सिनाको स्किृप्ट लेखन छ भने कथा निर्देशक लामाकै हो । सिनेमा आउँदो माघ १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।