नयाँ सिनेमाको लागी अनमोललाई साम्तेनको अफर

नयाँ सिनेमाको लागी अनमोललाई साम्तेनको अफर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही दिन पहिले नायक आर्यन सिग्देलसँग सिनेमा बनाउने पक्का गरेका निर्देशक साम्तेन भुटियाले नयाँ सिनेमाको लागी सुपरस्टार अभिनेता अनमोल केसीलाई अफर गरेका छन् । अनमोलले केही दिन पहिले मात्रै मिलन चाम्सको निर्देशनमा निर्माण हुने सिनेमा ‘ब्याचलर बन्टी’मा आफ्नो भुमिका चित्त नबुझेको भन्दै हात झिकेका थिए ।

अनमोल हाल ‘ए मेरो हजुर ३’ छायांकनको लागी अमेरिकामा छन् । उनै अनमोलसँग नेपाली सिनेमामा नाम चलेका निमाता, निर्देशकदेखि नयाँ आउने निर्माता, निर्देशकले काम गर्न चाहान्छ । तर अनमोलसँग काम गर्न त्यती सहज भने छैन् । उनले वर्षमा एउटा मात्रै सिनेमामा काम गर्ने गरेका छन् । अपवादको रुपमा यो वर्षउनले अभिनय गरेका दुई सिनेमा एक महिनाको अन्तर रिलिज हुँदैछन् ।

निर्देशक साम्तेनले आफुले नयाँ सिनेमाको लागी अनमोललाई अफर गरेको स्वीकार गरेका छन् । उनले भने, ’हामीबीच सिनेमालाई लिएर कुरा भएको हो तर गर्ने वा नगर्ने तय भएको छैन । म उहाँसँग सिनेमा निर्माण गर्न इच्छुक छु, अब उहाँको निर्णय के हुन्छ त्यो थाहा छैन ।’ उनका अनुसार, अनमोललाई सिनेमाको स्क्रिप्ट भने चित्त बुझेको छ ।

साम्तेनले यसअघि ‘लेटर’, ‘तान्द्रो’, ‘सुस्केरा’, ‘अनागत’, ‘साढे सात’ लगायतका सिनेमाको निर्माण तथा निर्देशन गरिसकेका छन् । भने चक्लेटी नायक आर्यन सिग्देलसँग कमेडी कथामा निर्माण हुने सिनेमामा काम गर्दैछन् । साम्तेन निर्माण तथा निर्देशन गरेका कुनैपनि सिनेमाले अहिलेसम्म बक्सअफिसमा सफलताको झण्डा फहराउन सकेका छैनन् । यसैले पनि साम्तेन पछिल्लो समय कमर्सियल सिनेमा निर्माणको तयारीमा जुटेका छन् ।