‘किक २’ होइन ‘दबंग ३’ आउने भयो आगामी क्रिसमसमा

‘किक २’ होइन ‘दबंग ३’ आउने भयो आगामी क्रिसमसमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार अभिनेता सलमान खानले आफ्नो हिट सिनेमा ‘किक’को सिक्वेल ‘किक २’को रिलिज डेट पोस्टपोन्ड गरेका छन्। ‘किक’का निर्माता साजिद नाडीयाडवालाले केहि समय आगाडी नै सोसल मिडिया ट्वीटर मार्फत सिनेमा सन् २०१९ को क्रिसमसमा रिलिज हुने घोषणा गरेका थिए ।

सलमान खानले सिनेमाको स्कृप्ट अझै पुरा नभईसकेकोले ‘किक २’को रिलिज डेट पोस्टपोन्ड त्यो मितीमा ‘दबंग ३’ रिलिज गर्ने भएका छन् । बलिउड मिडियाका अनुसार सलमान अहिले यही विषयमा निर्माण कम्पनीसँग सल्लाह गरिरहेका छन् । सलमानले ‘दबंग’बाट चुलबुल पाण्डेको उपनाम समेत पाएका हुन् । केहि समय अगाडी देखि नै सिनेमाको निर्माणलाई लिएर चर्चा चलेको थियो तर सलमानले समय मिलाउन सकेका थिएनन् ।

अरबाज खानको निर्माण रहने सिनेमालाई प्रभु देवाले निर्देशन गर्दैछन् । आफ्नै भाइको सिनेमा भएता पनि सलमानले समय दिनसकेका थिएनन् । तर अबभने सलमानले ‘दबंग’लाई पुरा समय दिने भएकाछन् । सिनेमालाई यसै वर्ष रिलिज गर्ने लक्ष्य सहित सलमानले ‘दबंग’को शुटिङको डेट समेत फाइनल गरिसकेका छन् ।

उनले सिनेमा ‘भारत’को सम्पुर्ण छायांकन र रिलिज सकाए लगतै ‘दबंग’ सिरिजका लागी समय दिनेछन् । सिनेमाको प्रमोसन सामाग्रीलाई पहिला छायांकन गरिनेछ , जसलाई सलमानको इदमा रिलिज हुने सिनेमा ‘भारत’को सुरुवातमा ट्रेलरको रुपमा स्थान दिइने छ । ‘दबंग’मा सलमान खानको अपोजिटमा अभिनेत्री सोनाक्षी सिंन्हा देखिदै छिन् । सोनाक्षीले अहिले ‘दबंग ३’को लागी निकै मेहनत गरिरहेको बलिउड मिडियाले जनाएका छन् ।