अमृत भन्छन्, -‘सयकडा दश’ले युट्युबका दर्शकलाई हलसम्म ल्याउँछ ?

अमृत भन्छन्, -‘सयकडा दश’ले युट्युबका दर्शकलाई हलसम्म ल्याउँछ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघ १८ गतेबाट रिलिज हुने सिनेमा हो ‘सयकडा दश’ । यसअघि ‘सायद २’ र ‘जय श्री दाम’ लगायतका सिनेमामा काम गरिसकेका कलाकार अमृत ढुगांनाको मुख्य भुमिका रहेको छ । ‘सायद २’ र ‘जय श्री दाम’को असफलताको मारमा परेका अमृत ‘सयकडा दश’बाट निकै आशावादी रहेका छन् ।

युट्युबमा खुबै रुचाएका कलाकार अमृत ढुंगानालाई ठुलो पर्दामा जम्न निकै सकस परिरहेको छ । युट्युबमा उनले बटुलेको लोकप्रियतालाई देखेर निर्माता निर्देशकले उनलाई सिनेमामा काम गर्ने अवसर दिएका थिए । तर त्यो युट्युबको लोकप्रियताले ठुलो पर्दामा खात्रै कमाल देखाउन सकेन र उनलाई लिएर पैसा कमाउने निर्माता निर्देशकको सपना साकार हुन सकेकन् ।

तर अमृत भने यो कुरालाई मान्न तयार छैनन् । अमृत भन्छन्, ‘मैले अभिनय गरेका दुवै सिनेमा कहिले आए गए मेरा फ्यान र युट्युबका दर्शकले थाहा नै पाएनन् । अनि कसरी मैले काम गरेको सिनेमाले राम्रो व्यापार गर्छ । मैले अभिनय गरेको सिनेमा चल्नका लागी निर्माता निर्देशकले प्रचार प्रसार पनि गर्नु पर्यो नि ।’

उनै, अमृतले अभिनय गरेको तेस्रो सिनेमा सिनेमा सय कडा दश रिलिजको क्रममा रहेको छ । यो सिनेमाको प्रचार प्रसारमा निकै लागी परेको छ । त्यसैले पनि अमृत यो सिनेमाले दर्शकको राम्रो साथ पाउने बताउँछन् । अमृतलाई लाग्छ, कुनै सिनेमा बनाएर मात्र हुँदैन दर्शकसम्म सिनेमा चलेको जानकारी पनि पुग्न पर्छ । त्यो जानकारी पुर्याउने काम सयकडा दशले गरिरहेको बुझाई अमृतको छ ।

उनले भने, ‘सायद २’ले केही हदसम्म प्रचार प्रसार गरेता पनि ‘जय श्री दाम’ चलेको कुरा दर्शकसम्म नै नपुगेको गुनासो गरे । यो सिनेमा आफ्ना युटुबका फ्यानलाई चलेको छ भन्ने पनि थाहा नभएको उनले बताए । सिनेमा ‘सय कडा दश’मा उनी एक भ्रष्ट पिताको छोराको भूमिकामा देखिएका छन् ।

यो सिनेमामा अमृतका अलवा मनोज गजुरेल, राजाराम पौडेल, रश्मी भट्ट, डेब्यु अभिनेत्री करुण श्रेष्ठ, सोनिया राई, अभिनेता उतम न्यौपाने, अमित पोखरेल, रवि डंगोल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।