फागुन १० रिलिज हुने भयो ‘प्रेमलीला’

फागुन १० रिलिज हुने भयो ‘प्रेमलीला’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ २५ गते रिलिज हुने सिनेमा ‘प्रेमलीला’को रिलिज डेट पोस्टपोन्ड गरिएको छ । अब यो सिनेमा फाल्गुन ११ गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ । सिनेमाको भिएफएक्सको काम नसकिएकाले सिनेमाको रिलिज पोस्टपोन्ड गर्नु परेको निर्मात्री दिपशिखा खड्काले बताइन् ।

निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्का र वितरक कम्पनीबीच उक्त डेटमा सिनेमा प्रदर्शन गर्ने नयाँ सम्झौता भएको छ । दीपशिखा खड्काका अलवा भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको सिनेमामा मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि अभिनय छ ।

नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको सिनेमालाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । सिनेमाले अन्तर्देशीय प्रेमकथा वाचन गरेको छ । सिनेमामा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको छ ।

सिनेमाको फर्स्टलुक र दुई गीत सार्वजनिक भइसकेको छ भने भने ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । सिनेमामा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।