बजेट अनुसार ‘गोपी’ निर्देशनमा मेहनत गरेको छु : दीपेन्द्र लामा

बजेट अनुसार ‘गोपी’ निर्देशनमा मेहनत गरेको छु : दीपेन्द्र लामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गतेबाट रिलिज हुने सिनेमा गोपी निर्माण युनिटले बिहिबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । गोपीको पत्रकार भेटघाट कार्यक्रममा सिनेमाका मुख्य पात्र विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का, भोलाराज सापकोटा लगायतको उपस्थीती रहेको थियो ।

निर्माण टिमले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा गोपीका लेखक तथा स्कृप्ट राइटर सामिप्यराज तिमल्सेनाले सिनेमामा आफुले नेपालमा बनिरहेका लभस्टोरी सिनेमाभन्दा भिन्न कथा तयार पारेका बताए । गोपीमा मानिस र पशुविचको एक प्रकारको इमोस्नल प्रेमकथालाई उठान गरेको छु उनले भने सम्भवत यस्तो प्रेमकथामा नेपालमा पहिलो पटक सिनेमा बनेको होला ।

यस्तै निर्देशक दीपेन्द्र लामाले आफुले १८ वर्षदेखि सिनेमा पत्रकारीता र समिक्षा गरेको जस्तो सिनेमा निर्देशन गर्न सजिलो नभएको सुनाए । उनले भने,- ‘गोपीमा निर्माताको लगानी अनुसारको मेहनत निर्देशनमा गरेको छु ।’ हरेक निर्देशकले निर्माताको बजेट अनुसार सिनेमा निर्माणमा मेहनत गर्नु पर्ने उनको भनाई छ । पत्रकारले निर्देशक लामालाई सिनेमा निर्देशन गरिसके पछि सिनेमाको समिक्षा लेखेर गल्ती गरेछु भन्ने लाग्या हो ? भनेर प्रश्न गरेका थिए । निर्देशक लामाले जवाफमा भने,- ‘यसको मतलब यो होइनकी मैलै सिनेमा पत्रकारीता गर्दा सिनेमाको समिक्षा लेखेर गलत गरे ।’ यो सिनेमा निर्देशन भन्दा एउटा फरक पाटो हो ।

नेपालमा बन्ने हरेक सिनेमाको समिक्षा लेखिनु पर्छ । त्यो मेरो सिनेमा नै किन नहोस । कुनैपनि समिक्षक वा पत्रकारले दीपेन्द्र लामा पनि पत्रकार हो भनेर मेरो सिनेमालाई सर्पोट गरेर लेख्नु पर्छ भन्ने छैन् । मैले निर्देशन गरेका सिनेमामा पनि धेरै कमी कमजोरी हुन सक्छन्, त्यसलाई औल्याउन पनि समिक्षा लेख्न जरुरी छ । सिनेमा निर्देशन र समिक्षा लेखन दुई फरक पाटो भएकाले यसमा गल्ती भयो भनेर पछुताउनु पर्ने अवस्था नरहेको लामाले बताए ।

यस्तै सिनेमाका मुख्य पात्र विपिन कार्कीले गोपीबाट अफर आए पश्चात स्कृप्ट पाएको तीन घन्टामा पढेर सकाएको अनुभव पत्रकारमाझ सेयर गरे । उनले भने मैले आजसम्म काम गरेका सिनेमा मध्ये सवैभन्दा छोटो समयमा निर्णय दिएर काम गरेको सिनेमा गोपी नै हो । विपिनले भने,- ‘कुनैपनि सिनेमामा काम गर्नु भन्दा पहिले स्कृप्ट पढ्छु । अनि आफु त्यो क्यारेक्टरमा काम गर्न सक्छु जस्तो लागेको खण्डमा काम गर्छु, नत्र गर्दैन । मैल सिनेमामा पनि पुरा स्कृप्ट पढे मैले गोपीको भुमिकामा काम गर्न सक्छु, जस्तो लाग्यो अनी निर्देशक दिपेन्द्र लामालाई काम गर्न तयार छु भनेर सहमती जनाए ।’

उनले भने,- ‘वर्तमान समाजको लागि ‘गोपी’ एक पाठ बन्ने धारणा व्यक्त गरे ।’ ‘गोपी’ भूमिका निर्वाह गर्दाको सहज/असहज परिस्थितिलाई स्मरण गर्दै उनले भने ‘मेरो चरित्रजस्तै मेरो ग्रामिण घरेलु दिनचर्या थियो, घाँस काटेको छु । खोले खुवाएको छु । स्कुल जाँदा दूधको ट्यामी बोकेर डेरीसम्म पुराएको छु । यस हिसाबले काम गर्न सहज भयो ।’

यता सिनेमाकी मुख्य अभिनेत्री सुरक्षा पन्तले आफुले गोपी टिमको सवैभन्दा पुरानो सदस्य रहेको सुनाइन । मैले गोपीमा पहिलो पटक विपिन कार्की र वर्षा राउत जस्तो राम्रो कलाकारसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । नेपालमा गोपी जस्तो सिनेमा बन्नु पर्ने उनको भनाई छ । गोपी जस्तो सिनेमाबाट आफुलाई काम गर्न अफर आएको खण्डमा पारिश्रमिकको डिमाण्ड समेत आफुले नगर्ने खुलासा गरिन । म कमसिर्यल सिनेमा भन्दापनि कन्टेनवेस सिनेमामा रमाउने तर्क गरिन । एउटा कलाकारका लागी पारिश्रमिक महत्वपुर्ण रहेको भएपनि आफुले कन्टेनवेस सिनेमामा धेरै पारिश्रमिकलाई महत्व नराख्ने बताइन् ।

सिनेमाकी अर्की मुख्य अभिनेत्री वर्षा राउतले पहिलो पटक फरक बिटको सिनेमामा काम गर्न पाउदा खुशी लागेको बताइन् । मैले आजसम्म काम गरेका सवैजसो सिनेमा कमेडी कथामा निर्माण भएका छन् । त्यसैले पनि मैले पहिलो पटक गोपी जस्तो फरक बिटको सिनेमामा काम गर्ने आँट गरेको बताइन् । यो भुमिका मेरो लागी निकै चुनौती पुर्ण थियो । मैले चुनौतीको सामना गर्नपनि गोपीमा काम गरेको सुनाइन् । गोपीमा आफुले एकपटक पुन विपिन कार्कीसँग काम गर्न पाएको र सिनेमा राम्रो बन्नेमा ढुक्क रहेको विश्वास व्यक्त गरिन ।

श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमामा सामिप्यराज तिमिल्सिनाको पटकथा छ । आरोही केसीले निर्माण गरेको ‘गोपी’को कथा निर्देशक स्वयम्ले तयार गरेका हुन् । सिनेमामा शैलेन्द्रध्वज कार्कीको डिओपी, न्हयू बज्राचार्य,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, गोविन्द राईको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन छ ।