अतीतको लागी पुरानो रक्सी जस्तै साया ‘समर लभ’ ट्रेलर रिलिज (भिडियो)

अतीतको लागी पुरानो रक्सी जस्तै साया ‘समर लभ’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनमा टाइम्स, काठमाडौं – भ्यालेनटाइन्स डेको अवसर पारेर माघ २५ गतेबाट रिलिज हुने सिनेमा ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काडमाडौंमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सिनेमाको सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा अतीत र सायाको लभ, रोमान्स विछोडलाई प्रस्तुत गरिएको छ । समर लभ सुविन भट्टराईद्धारा लिखित बेस्ट सेलिङ उपन्यास समर लभमा आधारित रहेर बनेको छ ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले मिलेर निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । भने सिनेमामा सपन सरकार र मनोज बिक सह निर्माताको रुपमा रहेका छन् । ’समर लभ’मा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

नाई नभन्नू ल ३ फेम्ड निर्देशक मुस्कान ढकालले आफुले उपन्यासको मर्मलाई बुझेर सिनेमा निर्माणमा कुनै कमी कजोरी नटोडेको बताए । यस्तै उपन्यासका लेखक तथा कथाकार सुविन भट्टराईले ट्रेलर हेर्दा मुस्कानले आफ्नो पुस्तक माथी निर्माण गरेको सिनेमा समर लभलाई उत्कृष्ट बनाएको हुनसक्ने विश्वास व्यक्त गरे । ट्रेलर हेर्दा आफ्नो पुस्तकलाई सिनेमाले न्याय गरेको भान भएको लेखक भट्टराईले बताए ।

मुस्कान ढकालले निर्देशन गरेको सिनेमामा चर्चित उपन्यास समर लभका लेखक सुविन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुविन भट्टराईको पटकथा तथा संवाद, पुष्पन प्रधानको संगीत, कोरियोग्राफी कविराज गहतराज, छायाँकन मानकृष्ण महर्जन, संजय लामाको डिओपी, अर्जुन जिसीको सम्पादन रहेको छ ।