तामिल स्टार अजित कुमारको नयाँ सिनेमा ‘विश्वासम’ ट्रेलर रिलिज (भिडियो)

तामिल स्टार अजित कुमारको नयाँ सिनेमा ‘विश्वासम’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तामिल सुपरस्टार अजित कुमार स्टारर सिनेमा ‘विश्वासम’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमामा अजित कुमार दोहोरो भुमिका देखिएका छन् । लामो समय पश्चात तामिल बक्सअफिसमा एकसाथ तीन ठुला सिनेमा एकसाथ प्रदर्शनमा आउदैछन् ।

नयाँवर्ष २०१९ को जनवरी १० तारिखका दिन रजनीकान्त स्टारर सिनेमा ‘पेटा’ पनि प्रदर्शनमा आउदैछ । अब यो मितीमा अजित कुमारको सिनेमा ‘विश्वासम’पनि प्रदर्शनमा आउने भए पश्चात यतीबेला टलिउडमा दुई स्टारको सिनेमाको चर्चाले ततायएको छ । योसँगै यी दुई सिनेमा रिलिज भएको दोस्रो दिन अर्का स्टार राम चरण स्टारर सिनेमा ‘विनाया विद्या राम’ पनि प्रदर्शनमा आउदै छ । यो पनि साउथ सिनेमा दर्शकको प्रतिक्षीत सिनेमा हो ।

‘विश्वासम’मा अजित कुमारमा अलवा नयनतारा, जगपती बाबु, विवेक, थम्वी रमिहा, योगी बाबु, रोबो शंकर, कोभाइ सरला लगायतका कलाकारको अभिनय रहेको छ । सत्या ज्योती फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई तामिल सिनेमाका चर्चित निर्देशक शिभाले निर्देशन गरेका हुन् ।