भ्रष्टाचार विरुद्धको प्रेम ‘सयकडा दश’ ट्रेलर रिलिज (भिडियो)

भ्रष्टाचार विरुद्धको प्रेम ‘सयकडा दश’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गतेबाट रिलिज हुने सिनेमा ‘सयकथडा दश’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरमा मनोज गजुरेल, राजाराम पौैडेल, रश्मी भट्ट, अमृत ढुगांना, करुणा श्रेष्ठ, सोनिया राई, उसब न्यौपाने, अमित पोखरेल, रवि डंगोल घाटोलाई स्थान दिएको छ ।

भ्रष्टाचार विरुद्ध प्रेम बोल्ने सिनेमामा रामशरण पाठकको लेखन तथा निर्देशन रहेको छ । दर्शना क्रियसनको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता बरिष्ट कलाकार राजाराम पौडेल हुन् । ‘सयकडा दश’मा आफुले नाफाको लागी भन्दा पनि आत्मासन्तुष्टी र देशका लागी केही गरौं भनेर निर्माण गरेको बताए । सिनेमामा सामाजिक अभियान्ता रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय, र संजीव नयौपानीको लगानी रहेको छ । भने ‘सयकडा दश’मा मनोज निरौला, बल कृष्ण घिमिरे र साजन थापा सह निर्माताको रुपमा रहेका छन् ।

‘सयकडा दश’मा रज्जु प्रधानको कथा, निर्देशक रामशरण पाठकको पटकथा तथा संवाद, कल्याण सिंह र जुगोल डंगोको संगीत, रामश्वर कार्कीको छायांकन, दीलिप ओखेडाको कोरियोग्राफी, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।