‘आप्पा’को पहिलो गीत ‘हावा सरर’ रिलिज (भिडियो)

‘आप्पा’को पहिलो गीत ‘हावा सरर’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – जेष्ठ २४ गते रिलिज हुने सिनेमा ‘आप्पा’को पहिलो गीत सार्वजनिक गरिएको छ । आप्पाको ‘हावा सरर…’ बोलको गीतमा मुख्य पात्र दयाहाङ राईलाई फिचर्ड गरिएको छ । गीतलाई नेपाल र इन्डियाको बोर्डर सन्दकफुमा छायाँकन गरिएको हो ।

सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको संगीत, उमेश उपमाको शब्द रहेको गीतमा थुप्देन भुटिया र स्नेहाश्री थापाको स्वर छ । बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय सिनेमा हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।