पारिवारिक तथा कमेडी सिनेमा ‘गरुड पुराण’को ट्रेलर रिलिज (भिडियो)

पारिवारिक तथा कमेडी सिनेमा ‘गरुड पुराण’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ ४ गतेबाट रिलिज हुने सिनेमा ‘गरुड पुराण’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलरमा मुख्य कलाकार कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुभिना तुलाधर लगायतका कलाकारलाई स्थान दिइएको छ ।

पारिवारिक तथा कमेडी कथावस्तुमा निर्माण गरिएको सिनेमालाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । अजित फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा अजित प्रजापती र अशोक गौतमको लगानी रहेको छ । भने सिनेमामा हाइलाइट नेपाल र आभाना प्रोडक्सन सह-निर्माताको रुपमा रहेका छन् । ‘गरुड पुराण’ निर्माणमा आफ्नो टिमले कुनैपनि कमी कमजोरी नराखेको निर्माता अजित प्रजापतीले बताए ।

सिनेमामा कशम नेपालको कथा, आकाश बरालको पटकथा, निर्देशक सुवास कोइराला, बिनोद खतिवडा र आकाश बरालको संवाद, कोशिस क्षेत्रीको संगीत, सुसन प्रजापतीको छायाँकन, उज्वल ढकालको सम्पादन रहेको छ ।