अर्पण र प्रियंकाको अन्तरंग दृश्य सहितको ‘अनागत’ टिजर रिलिज (भिडियो)

अर्पण र प्रियंकाको अन्तरंग दृश्य सहितको ‘अनागत’ टिजर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाएम्स, काठमाडौं – प्रियंका कार्की र अभिनेता अर्पण थापा स्टारर सिनेमा ‘अनागत’ को अफिसियल टिजर सार्वजनिक गर्नुका साथै सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छ । माघ ११ गतेलाई रिलिज डेट लक गरिएको सिनेमाको टिजरमा श्रीमान्-श्रीमतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ ।

साम्तेन भुटियाले सिनेमालाई निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको सिनेमामा अर्पण थापा र प्रियंका कार्कीका अलवा प्रविण खतिवडा र रोशिन सुवेदी मुख्य भूमिकामा छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा सिनेमा निर्माण गरिएको हो ।

सिनेमामा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । सिनेमालाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र साम्तेन भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।