सलमानका कारण अली अब्बासले रोके ‘भारत’को छायाँकन

सलमानका कारण अली अब्बासले रोके ‘भारत’को छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार सलमान खानको अभिनय रहेको नयाँ सिनेमा ‘भारत’को छायाँकन अन्तिम चरणमा छ । यो सिनेमाको दिल्ली र पञ्जाबको सुटिङ्ग सकिसकेको छ । भने सिनेमाको सम्पादनमो काम पनि सुरु भैसकेको छ । यसैबीच सिनेमाका निर्देशक अली अब्बास जफरले बाँकी सुटिङ्ग पुरा गर्न नसक्ने बताएका छन् । यसको मुख्य कारण अभिनेता सलमान खान रहेको खबर बलिउड मिडियाले प्रकाशन गरेका छन् ।

निर्देशक अली अब्बास जफरले समाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्, मेरो सिनेमा ‘भारत’को दिल्ली र पञ्जाबको सम्पुर्ण छायाँकन सकिएको छ । यसको बाँकी छायाँकन नयाँ वर्षको अवसरमा हुनेछ । तर नयाँ वर्षको अवसरमा अभिनेता सलमान खानको जन्मदिन भएकाले पनि यो सिनेमाको छायाँकन नहुने उनको भनाई छ । साथै अली अब्बासले लेखेका छन् भाइको जन्मदिनमा कस्ले काम गर्छ ।यसैले उनले सिनेमाको छायाँकन पोस्टपोन्ड गरेका हुन् । निर्देशक अब्बास सलमानको जन्मदिन खास बनाउन चाहान्छन् ।

‘भारत’ कोरियन सिनेमा ‘ओड टु माई फादर’को रिमेक हो । यो सिनेमामा युद्धको समयका विभिन्न घटनालाई प्रस्तुत गरिएको छ । ‘भारत’ इदको अवसरमा ५ जुन २०१९ मा रिलिज हुनेछ । सिनेमाले धेरै वर्ष पुुरानो कथालाई भन्ने छ । भने ६० वर्षमा देशमा हुने विभिन्न परिवर्तनलाई देखाइने निर्माण टिमले जनाएको छ । सिनेमामा सलमान खानलाई ५ फरक फरक अवतारमा देख्न पाइने बलिउड मिडियाले लेखेका छन् ।