‘प्रसाद’को तेस्रो गीत ‘बरै क्यारी बाचौंला’ रिलिज (भिडियो)

‘प्रसाद’को तेस्रो गीत ‘बरै क्यारी बाचौंला’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंसिर २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘प्रसाद’को नयाँ गीत सार्वजनिक गरिएको छ । सफलताका साथ दोस्रो सातामा प्रदर्शन भैरहेको सिनेमाको गीतलाई ‘नेपाल आइडल सिजन २’का टप फोर मध्येका एक बिक्रम बरालले गाएका हुन् । सिनेमाको सार्वजनिक गीतमा सुवास भुषाको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा सिनेमाका दुई लिड कलाकार अर्थात् श्रीमान्श्री-मतीको भूमिका निभाएका अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको निराशा, छटपटी र रोदन देखाउन खोजिएको छ ।
सिनेमामा उक्त गीत जबरजस्ती लादिएको छैन । कथाको मर्म अनुसार निर्देशकले गीतलाई स्थान दिएका छन् । निःसन्तान दाम्पतीको कथाव्यथा समेटिएको सिनेमा ‘प्रसाद’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको हो ।

दिनेश राउत निर्देशित ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको सिनेमामा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । सिनेमामा हिमाल केसीको थ्रिल छ । सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।