ट्रेन्डिङको शिर्ष स्थानमा क्याप्टेनको गीत,युट्युबमा दर्शकको उत्कृष्ट प्रतिक्रिया

ट्रेन्डिङको शिर्ष स्थानमा क्याप्टेनको गीत,युट्युबमा दर्शकको उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फाल्गुन १७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘क्याप्टेन’को बिहीबार गीत सार्वजनिक गरियो । सार्वजनिक गीतले छोटो समयमा नै युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । ‘क्याप्टेन’को गीत सामजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको आठ घण्टा मै युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा कब्जा जमाएको छ । हामीले यो समाचार तयार पार्दासम्म गीतले करिब तीन लाख बराबर भ्युज पाइसकेको छ । जसमध्ये गीत हेर्न अधिकाशं दर्शकले सिनेमाको गीतलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

युट्युबमा गुणराज खतिवडा नाम गरेका दर्शकले लेखेका छन्,’क्याप्टेन’को गीत हलिउड, बलिउड भन्दा कम छैन् । हलिउड र बलिउडको जस्तो दर्च गर्ने हो भने हाम्रो सिनेमा मेकरहरुले दुनियाँलाई फेल खुवाउने छन् । त्यही भएर नेपाली सिनेमालाई माया गरौं ।

यस्तै युट्युबमा मदन गुरुङ नाम गरेका अर्का दर्शक लेख्छन्, आज बल्ल थाहा पाए हाम्रो नेपाली सिनेमा जगतले कती ठुलो फड्को मारी सकेको रैछ भनेर । अनि युट्युब मै बिना गिरी नाम गरेकी दर्शक लेख्छिन्, ‘क्याप्टेन’ अनमोल केसीको सबैभन्दा राम्रो सिनेमा होला जस्तो छ । सफलताको शुभकामना ।

यता श्याम गिरी नाम गरेका दर्शक लेख्छन्, बनायो भने राम्रो नबने के छ र । सिनेमाको यस्तो राम्रो गीत संगीत बन्यो भने सिनेमा हेर्न हलसम्म जान मन लागी हाल्छ नी । जय नेपाल, जय नेपाली सिनेमा । यस्तै युट्युबमा तारा तामु नाम गरेकी दर्शक लेख्छिन्, गीतमा अनमोल र उपासना दुबैको केमेष्ट्री एकदम राम्रो लाग्यो । अञ्जु पन्त र सुगमको गायन, कबिराजको कोरियोग्राफी, ड्रेसअप, लोकेसन, सिनेमाटोग्राफी वाउ ।

सुपर काजल फिल्मस्को ब्यानरमा भुवन केसीले निर्माण गरेको सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । ‘क्याप्टेन’मा जिया केसी कार्यकारी निर्माताको रुपमा रहेकी छन् । सिनेमामा अनमोल केसी र उपासना सिंह ठकुरीका अलवा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रविन्द्र झा, सुर्यमाला खनाल, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

‘क्याप्टेन’मा सामिप्यराज तिमिल्सेनाको कथा , निर्देशक दीवाकर भट्टराई र सामिप्य राज तिमिल्सेनाको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, डिओपी सुदीप बराल, नवराज उप्रतीको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, दीर्घ राज खड्काको सम्पादन रहेको छ ।