मेरो नामको अगाडी कुनै पद चाहिँदैन् : रेखा थापा

मेरो नामको अगाडी कुनै पद चाहिँदैन् : रेखा थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – नायिका रेखा थापाले केहि दिन पहिले ‘रमाईलो छ’को प्रथम वार्षिक उत्सवमा सार्वजनिक स्मारिकामा आफुलाई माहानायिका नभनिएकोमा दुख व्यक्त गरेकी थिइन । जसमा २/३ ओटा सिनेमा खेलेर सफल भएकालाई लाई ‘मेघास्टार’ भनिएको र आफुले यतिधेरै वर्ष देखि सफल सिनेमामा काम गर्दा पनि आफुलाई महानायिका नभनिएको दुख व्यक्त गर्दै एउटा लेख लेखेकी थिइन ।

जुन विषयमा मंगलबार काठमाडौँमा आयोजना गरिएको उनले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘मालिका’को गीत रिलिज कार्यक्रममा आफुले लेखेको लेखका बारेमा स्पष्टिकरण दिएकी छन् । उनले आफुलाई ‘मेघास्टार’ र ‘माहानायिका’ दुवै नभनेकोमा आफ्नो चित्त दुखाई नभएको भन्दै उनले भनिन्, ‘रेखा थापा नामको अगाडी मलाई कुनै ट्याग चाहिँदैन । मलाई दर्शले दिएको ट्याग र दर्शकले रेखा थापा भनेर चिने पुग्छ । न मलाई मेघास्टार न महानायिका नै भन्नुपर्छ ।’

उनले भनिन्, २/३ वटा हिट सिनेमा दिँदैमा त्यो कलाकारको नामको अगाडी कुनै ताजले थिचिदिनु राम्रो होइन । म चाहान्छु अहिले पनि सिनेमा श्रेत्रमा कलाकार थोरै छन् । दिन प्रतिदिन नयाँ कलाकार आउन । सिनेमा इन्डष्ट्रीमा राज गरुन, समाजमा लिड गरुन भन्ने मेरो आशय हो ।आजसम्म मैले कसैको ईष्या गरेको होइन र मैले कसैलाई यो ताज किन भनियो भन्न पनि खोजेको पनि होइन । कुनै पनि कलाकारलाई प्रोत्सान गर्ने पनि एउटा सिमा हुन्छ । उसको लिमिट अनुसार उसको प्रोत्साहन गरौँ । ताकि त्यसले ह्यारेस्मेन्ट नहोस्, ‘रेखा अगाडि भन्छिन्, ‘हामीले जसलाई आशलाग्दो कलाकार भनेर मानिरहेका छौं उनीहरुलाई अगाडि बढ्न दिनुपर्छ । एकैचोटी क्राउन लगाइदिएर थेग्न नसक्ने अवस्थामा नपुर्याइदिऔं ।’

रेखा आफूलाई कुनै ट्यागले सम्बोधन गर्न आवश्यक नरहेको बताउँछिन् । उनी भन्छिन्, ‘म भित्र नायक छ । म असल मान्छे हुँ । र, असल कलाकार मात्र हुँ । त्यो भन्दा बढी मलाई केहि कुराले सम्बोधन गर्नु पर्दैन । मलाई दर्शकले सम्बोधन गर्दिए पुग्छ ।’