‘भैरै’मा मेरो भूमिका पनि फरक पाउनुहुन्छ : वर्षा सिवाकोटी

‘भैरै’मा मेरो भूमिका पनि फरक पाउनुहुन्छ : वर्षा सिवाकोटी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ नयिका बर्षा शिवाकोटी अहिले एक पछि अर्को सिनेमाको छायांकनमा व्यस्त छिन । उनले अभिनय गरेको सिनेमा ‘भैरै’ अहिले प्रर्दशनको संघारमा छ । सिनेमाको गीत संगीत ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । वर्षा यतिवेला ‘पुरानो बुलेट’ नामक सिनेमामाको छायांकनमा व्यस्त भएकोले ‘भैरै’को प्रचारमा समय दिन पाएकी छैनन् ।

गतवर्ष रिलिज सिनेमा ‘कारखाना’ प्रश्चात उनले अभिनय गरेका कुनैपनि सिनेमा रिलिज भएका छैनन् । यसैले पनि वर्षाको लागी ‘भैरे’ खास छ । यो सिनेमामा उनको जोडी कलाकार बुद्धि तामाङ्गसँग बाँधिएको छ । उनी आफूले गरेका अन्य सिनेमा भन्दा ‘भैरे’ फरक रहेको बताउँछिन् । उनी भन्छिन्, ‘नेपालीपन बोकेको सिनेमा हो । दर्शकले मनोरञ्जनसँगै केही सिक्ने अवसर पनि पाउनुहुनेछ । र, मेरो भूमिकामा पनि केही फरक पाउनुहुन्छ ।’

उनी ‘भैरे’ लाई अर्गानिक सिनेमा भन्न रुचाउँछिन् । ‘एउटा प्याकेजको सिनेमा बनेको छ । रोमान्स, प्रेम, द्वन्द्व, इमोसन सबै छ । अझ सिनेमामा नेपालीपनलाई बढी फोकस गरिएको छु, उनले भनिन् । अभिनेत्री सिवाकोटी ‘भैरे’ ले आफूलाई भर्सटायल बनाउन पनि सहयोग पुर्याउनेमा विश्वस्त छिन् ।

एभरेष्ट सूर्य बोहरा निर्देशित यो सिनेमाको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । सिनेमामा बसन्त सपकोटा र यम बरालले संगीत तयार पारेका हुन् ।