‘डी सिने अवार्ड’को नवौ संस्करण हेटौडामा

‘डी सिने अवार्ड’को नवौ संस्करण हेटौडामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । विगत नौ बर्ष देखी हुदै आएको डी सिने अवार्डको नवौ संस्करण हेटौडामा आयोजना हुने भएको छ । गत बर्ष पोखरामा सम्पन्न भएको यो अवार्ड समारोहले नयाँ स्थानका लागी असार ९ को आयोजना मिती तय गरेको छ ।

अवार्डको गर्ने स्थान तय भएसँगै अवार्डमा सहभागी हुने फिल्मको दर्ता प्रक्रिया र जुरिहरुबाट चलचित्र हेर्ने कार्य पनि भएको छ । डि सिने अवार्ड स्थापनाकाल देखी नै जुरी बस्दै आएका कलाकार एवं लेखकर निर्देशक मोहन निरौलाको संयोजनमा पाँच सदस्य रहेको निर्णायक समुहमा विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सबनम मुखिया रहेका छन् ।

०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरु जुरीले हेरिरहेका छन् । अवार्डको नवौ बर्षको अवसरमा दर्ता शुल्क पनि नौ सय मात्र राखिएको छ ।