‘शत्रु गते’ हेर्न उर्लिए दर्शक, बलियो माउथ पब्लिसिटी !

‘शत्रु गते’ हेर्न उर्लिए दर्शक, बलियो माउथ पब्लिसिटी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘शत्रु गते’ले दर्शकको अत्याधिक साथ र माया पाउन सफल भएको छ ।

मल्टीस्टारर सिनेमाले प्रदर्शन पुर्वनै निक्कै हाइप बनाएको थियो । र, प्रदर्शन पश्चातको सकारात्मक प्रतिक्रियाले व्यापारमा उल्लेखनीय सहयोग पुगेको छ । प्रदर्शनको पहिलो दिन देशभर ७० प्रतिशत माथि अकुपेन्सी कायम गरेको सिनेमाले शनिबार शतप्रतिशत अकुपेन्सी कायम गरको छ । ‘माउथ’ पब्लिसिटी स्ट्रोङ्ग भएकाले ‘शत्रु गते’का दर्शक सातै भरि नघट्ने फिल्मी पण्डितहरुको अनुमान छ । तेस्रो दिन पनि सिनेमाले व्यापारमा त्यति गिरावट आएको छैन ।

शनिबार राजधानीको क्युएफएक्स , बिग मुभिज , बिएसआर मुभिज लगायतका हलमा कयौ दर्शकले टिकेट पाएनन् भने गोपीकृष्णमा ६ हल , अस्टनारायणको ३ वटा , गुण सिनेमाको ४ वटा हल हाउसफुल रहे ।

सिनेमालाई दर्शक, समिक्षक र सेलेब्रेटीले पनि राम्रो भनेका छन् । विशेष गरि सिनेमाबाट निर्देशक प्रदीप भट्टराई, वरिष्ट अभिनेता हरिबंश आचार्य र कलाकार दीपकराज गिरीले तारिफ बटुलेका छन् । सिनेमासँग जोडिएका अन्य सिनेकर्मीलाई पनि दर्शकले रुचाएका छन् ।

मुख्य पात्र पल शाह र आँचल शर्माको विवाहलाई लिएर दुई परिवार विच निम्तिएको उतारचढावलाई केन्द्रीय द्वन्द बनाएको सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँगै दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

महसञ्चारको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता किरण केसी हुन् । सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकीरकालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजरप्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।