‘कृ’ ट्रेलर: अनमोल होइन, उनको मेहनत बोल्नेछ !

‘कृ’ ट्रेलर: अनमोल होइन, उनको मेहनत बोल्नेछ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्षकै बहुप्रतिक्षित सिनेमा ‘कृ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अनमोल केसीलाई दुई अवतारमा प्रस्तुत गरिएको छ । जस मध्ये अनमोलको एन्ग्री अवतार सोचे भन्दा भिन्न छ । भने, चकलेटी अवतारमा पुन: फ्यानहरु मोहित हुनेछन । ट्रेलरबाट अनमोलले प्रतिक्षित दर्शकलाई निरास तुल्याउने छैनन् ।

ट्रेलर हेरेर ‘कृ’ टेक्निकल पार्टमा निक्कै पावरफुल रहेको अनुमान गर्न सकिन्छ । निर्माता सुवास गिरी र भुवन केसीले सिनेमा मेकिङ कुनै पनि सम्झौता नगरेको बताए । उनीहरुले भने ‘सम्भवत: यो नेपाली सिनेमा इतिहाँसकै टेक्निकल विधामा अब्बल सिनेमा हो । अन्य त दर्शकले मुल्याकन गर्नु हुनेछ ।’

राजधानीमा गरिएको प्रेसमिटमा पत्रकार र क्यामराको निक्कै भिड लागेको थियो । निर्धारित समय भन्दा निक्कै ढिला सुरु भएको प्रेसमिटमा ट्रेलरको फाइल क्रयाक हुँदा प्रेसले केहि धैर्यता गर्नुपरेको थियो । अन्तत: लामो समयको अन्तराल पछी अनमोल मिडिया माँझ प्रस्तुत भएर प्रेसका प्रश्नका जवाफ फर्काए । अनमोलले भने ‘केहि राम्रो काम र राम्रो सिनेमा गरौ भन्दा ढिला हुँदो रहेछ । म यहाँ पैसाकै लागि सिनेमा खेल्न आएको होइन । अब, प्रत्येक पटक म आफुलाई दर्शकले चाहे अनुसारको भूमिकामा प्रस्तुत गर्नेछु ।’ उनले थपे ‘कति निर्माताहरु ५० लाखसम्मको अफर लिएर पनि आउनु भएको छ । स्क्रिप्ट मन परे बाहिरका सिनेमा पनि खेल्नेछु । नत्र पैसाकै लागि जस्तो पायो त्यस्तो सिनेमा गर्दिन ।’

सुरेन्द्र पौडेल निर्देशित सिनेमा लामो समयको पर्खाइपछी माघ २६ मा रिलिज हुँदैछ । सुवास इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको सिनेमालाई द सुपर काजोल फिल्मसले प्रस्तुत गरेको हो ।

सुवास गिरि र भुवन केसी निर्माता रहेको सिनेमा सिनेमामा अनमोलका अलावा अदिति बुढाथोकी सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ । सिनेमाको कार्यकारी निर्मातामा कमल गिरी र सहनिर्मातामा श्री पराजुली रहेका छन् ।

पहिलो पटक मिडियाको क्यामरामा ‘कृ’ जोडी ! (फोटोफिचर)

‘कृ’को प्रतिस्प्रधी ‘कान्छी’ होइन ‘पद्मावती’ हो: भुवन केसी !