‘कृ’को प्रतिस्प्रधी ‘कान्छी’ होइन ‘पद्मावती’ हो: भुवन केसी !

‘कृ’को प्रतिस्प्रधी ‘कान्छी’ होइन ‘पद्मावती’ हो: भुवन केसी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता, निर्देशक तथा निर्माता भुवन केसीले नेपाली सिनेमाको प्रतिस्पर्धा नेपालीसँग नभई विदेशी सिनेमासँग भएको बताएका छन् । राजधानीमा आयोजित ‘कृ’ ट्रेलर लन्च कार्यक्रममा ‘कृ’को प्रतिस्पर्धा ‘कान्छी’सँग नभई ‘पद्मावती’सँग भएको संकेत गरे ।

पत्रकारले सोधेको प्रश्न ‘तपाई ‘कान्छी’सँग भिड्न आउनु भयो । अन्तत: ‘कान्छी’ सर्यो । अब तपाईको सिनेमासँग ‘पद्मावती’ आउने चर्चा छ । अब के गर्नुहुन्छ ? भन्दा उनले विदेशी जुनसुकै सिनेमासँग पनि ‘कृ’ जुध्न तयार रहेको बताए । साथै जस्तो सिनेमा आएपनि ‘कृ’ माघ २६ बाट नहट्ने अडान कसे ।

उनले भने ‘हामीले पहिले नै माघ २६ आउने पक्का गरिसकेका थियौ । उक्त मितिमा ‘कान्छी’ पनि रहेछ । पछी श्वेता बहिनिसँगको सल्लाहमा ‘कान्छी’को डेट परिवर्तन भयो । हामीले नेपाली सिनेमासँग स्पर्धा गर्नुपर्छ भन्ने म मान्दिन । नेपाली सबै निर्माता सेभ हुनुपर्छ भन्ने मेरो मान्यता हो । बरु हामीले विदेशी सिनेमासँग प्रतिस्पर्धा गर्न सक्ने हिम्मत लिनुपर्छ । र, त्यो हिम्मत ‘कृ’ले लिएको छ । अब माघ २६ को मितिमा जुनसुकै सिनेमा आएपनि हामि पछी हट्दैनौ ।’

अनमोल केसी र अदिति बुढाथोकी मुख्य भूमिकामा रहेको ‘कृ’को आज ट्रेलर लन्च गरिएको छ । जहाँ अनमोल आफ्नो पहिलेको सिनेमालाई बिर्साउने भूमिकामा प्रस्तुत भएका छन् । सुरेन्द्र पौडेल निर्देशित सिनेमाको ट्रेलर केहि समयमा युट्युबबाट सार्वजनिक हुदैछ ।

‘कृ’ ट्रेलर: अनमोल होइन, उनको मेहनत बोल्नेछ !

पहिलो पटक मिडियाको क्यामरामा ‘कृ’ जोडी ! (फोटोफिचर)