युट्युब ट्रेन्डिङ्गको दोस्रो स्थानमा ‘फाटेको जुत्ता’

द सिनेमा टाइम्स, काठमाडौ - सौगात मल्ल र प्रियंका कार्की स्टारर सिनेमा 'फाटेको जुत्ता' पुरा सिनेमा युट्युबमा रिलिज भएको छ । शुक्रबार यो सिनेमा सामाजिक सञ्जालमा रिलिज गरिएको हो । अर्जुन कुमारको लगानीमा निर्माण भएको सिनेमालाई निकेश खड्काले निर्देशन गरेका हुन् । दुई वर्ष पहिले निर्माण अनि प्रदर्शन भएको सिनेमाले दर्शकको राम्रो साथ पाएको थियो…