राष्ट्रिय सम्मानसहित दुई हस्तीको एकसाथ अन्तेष्टि

द सिनेमा टाइम्स, काठमाडौँ - चलचित्र बिकास बोर्ड अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको पार्थिव शरीर अन्तेष्टि गरिएको छ । पशुपति आर्यघाटमा एकसाथ राष्ट्रिय सम्मानका दुईको अन्तेष्टि गरियो । भट्टराई र दीपकका छोराले दागबत्ती दिँदा नेपाल प्रहरीको एक टुकडीले दुवैलाई राष्ट्रिय सम्मान दिएको थियो । शनिबार कलाकार क्षेत्री सुतेको ठाउँमै मृत अवस्थामा फेला परेका थिए ।…