‘माइकल अधिकारी’को छायांकनमा सौगात र सृष्टि

 द सिनेमा टाइम्स, काठमाडौँ - सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने सिनेमा 'माइकल अधिकारी' माघ १ गतेदेखि फ्लोरमा निस्किएको छ । बुधबार माघे संक्रान्तिको अवसर पारेर सिनेमाको छायांकन सुरु गरिएको हो । सेरोगेसी (भाडाको कोख)मा आधारित रहेर निर्माण हुने सिनेमालाई रञ्‍जित रौनियारले निर्देशन गर्दैछन् । सिनेमाको कथा पनि उनकै हो । गोपीकृष्ण मुभिजले…