‘नालापानी’को विशेष प्रदर्शनीमा प्रधान सेनापतिद्वारा सकारात्मक प्रतिक्रिया

द सिनेमा टाइम्स, काठमाडौँ - सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा वीर बलभद्र कुँवरको कप्तानीमा लडिएको ऐतिहासिक लडाईमा आधारित सिनेमा 'नालापानी'को विशेष प्रदर्शनी गरिएको छ । नेपाली सेनाको मूख्यालयमा भएको प्रदर्शनीमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु एवं ३ सय बढि नेपाली सेनाका जवानले सिनेमा हेरेका थिए ।…