‘समर लभ’को नयाँ गीत ‘गुनासो छैन’ रिलिज (भिडियो)

‘समर लभ’को नयाँ गीत ‘गुनासो छैन’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट रिलिज हुने सिनेमा ‘समर लभ’को स्याड सङ सार्वजनिक गरिएको छ । सोमबार युट्युबबाट सार्वजनिक गरिएको गीतमा पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर समावेश गरिएको छ । ‘गुनासो छैन…’ बोलको गीतमा मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रको चल-अचल दृश्यहरु समावेश गरिएको छ । अभिनेता आशिष पिया अर्थात अतित रेवती क्षेत्री अर्थात सायको प्रेम पीडा गीतमा देखाइएको छ । सार्वजनिक गीतको अडियो उत्कृष्ट बनेकाले पनि दर्शक तथा श्रोतालाई मनपर्ने विश्वास निर्माण टिमलाई छ ।

चर्चित युवा लेखक सुविन भट्टराईको बेस्ट सेलिङ बुक समर लभको कथामा निर्माण भएको सिनेमालाई ’नाइँ नभन्नू ल ३’बाट निर्देशनमा डेब्यु गरेका निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन् । सिनेमामा आशिष र रेवतीका अलवा सुरज सिंह ठकुरी, सरोज खनाल, नम्रता सापकोटा, शिशिर भण्डारी, मानस विक्रम थापा लगायतका कलाकारमो पनि अभिनय रहेको छ । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने सिनेमाको संवाद सुबिन भट्टराई र सामीप्यराज तिमिल्सेनाले मिलेर लेखेका हुन् । सिनेमामा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ ।

बिनोद अधिकारी कार्यकारी निर्माता रहेको सिनेमामा स्वपन सरकार र मनोज बिक सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा सञ्जय लामाको डिओपी, मानकृष्डा महर्जनको छायांकन, पुष्पन प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी अर्जुन जिसीको सम्पादन रहेको छ ।