शुक्रबार ‘ए मेरो हजुर ४’को टिजर रिलिज हुने


द सिनेमा टाइम्स, काठमाडौं – यस वर्षकै प्रतिक्षित सिनेमा ‘ए मेरो हजुर ४’ को टिजर रिलिज हुने भएको छ । भोली शुक्रवार विहान १०ः३५ बजे सिनेमाको टिजर बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिने छ । गत शुक्रवार नै टिजर रिलिज हुने बताइए पनि विविध कारणले अन्तिम समयमा स्थगित गरिएको थियो ।

 

सिनेमामा सुपरस्टार अनमोल केसी र सुहाना थापाले दोस्रो पटक सहकार्य गरेका छन् । सिनेमामा अभिनेता सलोन बस्नेतको पनि मुख्य भुमिका रहेको छ । झरना थापा निर्देशित सिनेमा ‘ए मेरो हजुर ४’ का सवै सिरिज बक्सअफिसमा सुपरहिट भएका छन् । यो सिनेमा पनि दर्शकमाझ प्रतिक्षित छ । सिनेमा आगामी चैत्र २५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएका सिनेमामा सुनिल कुमार थापाको लगानी छ । सिनेमामा निर्देशक झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले निर्देशक थापा र गुरुङलाई पटकथा तथा संवाद लेखनमा सहयोग गरेका छन् ।

ए मेरो हजुर ४ मा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल कल्याण सिंहको संगीत, संजय लामाको डिओपी, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्