डिजिटल प्लेटर्फममा डेव्यु गर्दै मिथुन चक्रावर्ती र श्रुती हसन


द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता मिथुन चक्रावर्ती डिजिटल प्लेटर्फममा डेव्यु गर्ने भएको छन् । उनको मुख्य भुमिका रहेको वेब सिरिजको छायांकन सकिएको बलिउड मिडियाले उल्लेख गरेका छन् । यो वेब सिरिज एमाजोन प्राइममा रिलिज हुनेछ ।

मिथुनलाई थुप्रै डिजिटल सिनेमा तथा वेव सिरिजबाट अफर आएको थियो । तर ती कुनैपनि प्रोजेक्टमा काम गर्न तयार नभएका मिथुन एमाजोन प्राइकको उक्त वेब सिरिजलाई नाई भन्न नसकेको बलिउड हंगामाले लेखेको छ । उक्त वेब सिरिजको कथा पढेपछि मिथुन निकै प्रभावित भएको पनि बलिउड हंगामा उल्लेख छ ।

यस्तै, यही वेब सिरिजबाट साउथ तथा बलिउड अभिनेत्री श्रुती हसन पनि डिजिटल प्लेटर्फममा डेव्यु गर्दैछिन् । वेब सिरिजको कथा नै श्रुतीको वरिपरी घुम्ने छ । यो वेब सिरिज श्रुतीको करिअरमा ठुलो अर्थ राख्ने विश्वास निर्माण टिमलाई रहेको छ ।

सिदार्थ पि मल्होत्राले निर्माण गरेको सिरिजलाई मुकुल अभ्यंकरले निर्देशन गरेका हुन् । सम्र्पुण छायांकन मुम्बईमा गरिएको सिरिज रवि सुव्रमण्यमको उपन्यास ‘द बेस्ट सेलर सी वाट’मा आधारित छ । यो सिरिजमा मिथुन र श्रुतीका अलवा अर्जु वाजवा, गौहर खान र सत्यजित दुवेको पनि अभिनय छ । सिरिजको टाइटल अहिलेसम्म फाइनल गरिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्