`म यस्तो गीत गाउँछु २´ माघ १९ गतेबाट रिलिज हुने


द सिनेमा टाइम्स, काठमाडौं – लभ स्टाेरी सिनेमा बनाउन माहिर निर्देशक सुदर्शन थापाको प्रतिक्षित सिनेमा ‘म यस्तो गीत गाउँछु २’ले प्रदर्शन मिति तोकेको छ । यो सिनेमा आउदो माघ १९ मा रिलिज हुनेछ ।

यस अगाडि वि.सं २०७६ फागुन ३० गते रिलिज हुने भनिएको सिनेमा कोरोनाको कारण रिलिज हुन सकेको थिएन । यो सिनेमा रिलिज हुने भएपछि सिनेमा क्षेत्र चलायमान हुने सिनेकर्मीहरुको आशा छ ।

सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेको सिनेमामा पल शाह र पूजा शर्माको मुख्य भुमिका छ । सिनेमामा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ ।

जन्मजय सपाङ राई सह-निर्माता रहेको सिनेमामा निर्देशक थापाको कथा, शिवम अधिकारी/दिनेश न्यौपानेको पटकथा, सौरभ लामाको छायांकन र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्