सुजन र विद्याको गीतमा प्रताप र शिल्पा (भिडियो)


द सिनेमा टाइम्स, काठमाडौं – ‘देखेर तिमीलाई, गाला पुक्क र लजाएर’ जस्ता गीतबाट दर्शक तथा श्रोताको मन जितेका गायक सुजन चापागाईंको नयाँ गीत ‘बाफ’ रिलिज भएको छ । गीतमा सुजनलाई विद्या तिवारीले साथ दिएकी छिन् । गीत हेर्नुस् –

हर्क साउदको शब्द रहेको गीतमा गायक सुजनकै संगीत छ । नविन चौहानको कथा, पटकथा र निर्देशन रहेको गीतमा गायक प्रताप दास र शिल्पा थापालगायत कलाकारहरुले अभिनय गरेका छन् । नेपाल आइडलबाट चर्चामा आएका प्रतापले अभिनय गरेको यो पहिलो भिडियो हो । अनिश स्याङदेनको छायाँकन रहेको भिडियोलाई सुरज पौडेलले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्