भुवन अभिनित ‘मिस्टर नेपाली’ युट्युबमा रिलिज (भिडियो)


द सिनेमा टाइम्स, काठमाडौं – सदाबहार अभिनेता भुवन केसी अभिनित सिनेमा ‘मिस्टर नेपाली’ युट्युबमा रिलिज भएको छ । सिनेमामा अभिनेता केसीले दोहोरो भुमिका निवार्ह गरेका छन् ।

विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीति माथि टेकेर हुने शोषण आदि कथाबस्तुलाई प्रस्तुत गरेको सिनेमाबाट साहिल श्रेष्ठ र कुसुम राउतले डेब्यु गरेका छन् । देव भुषालले सिनेमाको कथा, पटकथा र निर्देशनमा काम गरेका छन् ।

सिनेमामा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्माको पनि अभिनय छ । प्रेमराज दाहालले लगानी रहेको सिनेमामा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्