लोभी पापीको ‘डार्लिङ’मा जयकिशन र अस्मिताको ठुम्का


द सिनेमा टाइम्स, काठमाडौं – जयकिशन बस्नेत र अस्मिता जुरेली अभिनित सिनेमा ‘लोभी पापी’को गीत रिलिज गरिएको छ । ‘डार्लिङ’ बोलको गीतमा सिनेमाका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।

ओम सुनारको शब्द तथा संगीत रहेको गीतमा रिना तिमिल्सिना र संगीतकार सुनार स्वयंमको स्वर छ । रिलिजको तयारीमा रहेको सिनेमामा जयकिशन बस्नेत, रोशन श्रेष्ठ, अस्मिता जुरेली, किरण बानियाँ, टेकेन्द्र न्यौपाने, विशाल पहाडीको अभिनय छ ।

अमन मियाँ र सत्यम अधिकारी निर्माता रहेको सिनेमामा श्री श्रेष्ठको द्वन्द्व, बन्दे प्रसादको सम्पादन र जय दर्लामी मगरको छायांकन छ । सिनेमालाई शिवम अधिकारीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्