रिया चक्रवर्तीको कारण ‘चेहरे’लाई बहिष्कार


द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री रिया चक्रवर्ती आगामी सिनेमा ‘चेहरे’लाई लिएर चर्चामा छिन् । सिनेमामा उनी काम गर्दै छिन् की छैन भनेर लामो समय देखि सस्पेन्स राखिएको थियो । केहि समय अगाडी सार्वजनिक भएका पोस्टरमा उनलाई कुनै स्थान दिइएको थिएन् । तर, सिनेमाको ट्रेलरमा रिया देखिइन् । सिनेमाको ट्रेलर रिलिज हुने बित्तिकै सामाजिक सञ्जालमा ‘चेहरे’लाई बहिष्कार गर्न सुरु भएको छ ।

रियाको विरुद्ध गत वर्ष सुशान्त सिंह राजपूतको बुबा केके सिंहले एफआईआर दर्ता गरेका थिए । उनले रियाविरुद्ध आफ्नो छोरालाई आत्महत्याको लागि उक्साएको आरोप लगाएका थिए । यस्तैमा चेहरेको ट्रेलर रिलिज सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ह्याजट्याग ‘बोयकटचेहरे’ ट्रेन्ड गरिरहेको छ ।

सिनेमा बहिष्कार हुन थालेपछि निर्माता आनन्द पण्डितलाई भारतीय मिडियाले बहिष्कार देखि डराउनु भएको हो भनेर प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘होइन, हाम्रो सिनेमाको ट्रेलरमा नकारात्मक प्रतिक्रिया निकै कम आएको छ । रिया पूर्ण रुपले सिनेमाको हिस्सा हो र उनको समर्थन गर्छु ।’

रुमी जाफरीले निर्देशन गरेको सिनेमामा रियासँगै अमिताभ बच्चन, इमरान हाशमी, अनु कपूर क्रिस्टल डिसूजा, धृतिमान चटर्जी, रधुवीर यादव, सिद्धान्त कपूरको मुख्य भुमिका छ । यो सिनेमा अप्रिल ९ मा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्