ऋषि कपूरको निधनपछि ‘द इर्न्टन’मा अमिताभ


द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘द इर्न्टन’मा अभिनेता ऋषि कपूर र दीपिका पादुकोण अनुबन्धित भएका थिए । गत वर्ष अभिनेता ऋषिको निधन भएपछि सिनेमाको काम रोकिएको छ । अब, ऋषि कपूरले निभाउने भुमिकामा अभिनेता अमिताभ बच्चन देखिने भएका छन् ।

यो हलिउडको सुपरहिट सिनेमाको रिमेक हो । बलिउड हंगामालाई स्रोतले बताए अनुसार, ‘द इर्न्टनको हिन्दी रिमेकलाई ऋषि कपूरको निधनले ठूलो धक्का लाग्यो । सिनेमाले एक महत्वपूर्ण कलाकारलाई गुमायो । अब, निर्माताहरुले पुनः काष्टिङ गरेका छन् । यस प्रोजेक्टसमा अमिताभ बच्चन जोडिएका छन् । सिनेमाको छिट्टै छायांकन सुरु हुनेछ ।’

दीपिका र अभिताभ यस अगाडी ‘पिकु’मा एक साथ काम गरेका थिए । यो सिनेमा बक्स अफिसमा हिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्