ट्रेलरमा यस्तो छ अभिताभ र इमरानको ‘चेहरे’


द सिनेमा टाइम्स, काठमाडौं – अमिताभ बच्चन र इमरान हाशमीको सिनेमा ‘चेहरे’को ट्रेलर सार्वजनिक भएको छ ।

रुमी जाफरीले निर्देशन गरेको सिनेमामा अमिताभ र इमरान पहिलो पटक एक साथ स्क्रिन सेयर गर्दैछन् । ट्रेलरको सुरुवात अमिताभको भ्वाइस ओभरबाट हुन्छ । सार्वजनिक ट्रेलरमा अमिताभ र इमरानबीच एक खेल हुने देखाइएको छ ।

आनन्द पण्डित मोशन पिक्चर्स र सरस्वती इन्टरटेनमेन्टले निर्माण गरेको सिनेमामा अमिताभ र इमरानसँगै रिया चक्रवती, अन्नु कपूर, धृतिमान चटर्जी, रधुवीर यादव, सिद्धान्त कपूर र क्रिस्टल डिसूजाको मुख्य भुमिका रहेको छ । यो सिनेमा अप्रिल ९ मा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्