सलमानको ‘राधे’सँग भिड्दै जोनको ‘सत्यमेव जयते २’


द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता जोन अब्राहमको सिनेमा ‘सत्यमेव जयते २’ इदको अवसर पारेर मे १३ मा प्रदर्शन हुने भएको छ । यो सिनेमा पहिला मे १४ मा रिलिज गरिने बताइएको थियो । अब, यो सिनेमा सलमान खानको ‘राधे’सँग भिड्ने भएको छ ।

सिनेमाको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको हो । पोस्टरमा जोनलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ । देशभक्ति भावको सिनेमामा जोनसँगै दिव्या खोसला कुमारको मुख्य भूमिका रहेको छ ।

मिलाप जावेरीको लेखन तथा निर्देशन रहेको सिनेमामा भुषण कुमार, कृष्ण कुमार, निखिल अड्वानी, मधु भोजवानी र मोनिसा अड्वानीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्