‘क्या मज्जा आको’मा राधा र कृष्ण बने पल र रेश्मा(भिडियो)


द सिनेमा टाइम्स, काठमाडौं – एजिएल इन्टरटेन्मेन्टको प्रस्तुती निर्माण भएको म्युजिक भिडियो ‘क्या मज्जा आको’ रिलिज भएको छ । सार्वजनिक भिडियोमा अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे फिचर्ड गरिएको छ ।

राजनराज सिवाकोटीको संगीत रहेको यस गीतमा राजन राज र मेलिना राईको स्वर रहेको छ । रमाईलो शैलीको गीतमा पल शाह कृष्णको भूमिकामा छन् भने रेश्मा सीता र राधाको भूमिका निवार्ह गरेकी छन् ।

भिडियोमा अभिनेता निर्मल शर्माले पनि अभिनय गरेका छन् । भिडियोमा एक नाटकमा रहने कलाकारहरुको रिहर्सलको समयको कथा देखाईएको छ । भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् । सम्पादन तथा कलर ग्रेडिंग नबिन निरौलाले गरेका हुन् ।

गीतको भिडियो निर्माता अमृत लामाको अफिसियल यूट्युब च्यानल एजिएल इन्टरटेनमेन्ट मार्फत रिलीज गरिएको छ । ।

प्रतिक्रिया दिनुहोस्