भिडियोमा गौरी र पल ‘एक्लै हुँदा परदेशमा’


द सिनेमा टाइम्स, काठमाडौं– कमल राईको स्वर रहेको ‘एक्लै हुँदा परदेशमा’ बोलको गीत सार्वजनिक भएको छ । परदेशी छोरोको कथालाई देखाइएको गीतमा अभिनेत्री गौरी मल्ल, नायक पल शाह र बालकलाकार मुमिन कायस्थ फिर्चड छन् ।

गायक राईको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बुले संगीत भरेका छन् । अर्जुन तिवारीले खिचेको म्युजिक भिडियोलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

सुमी राईको लगानी रहेको भिडियोलाई शाहिल खानले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्