अजयको निर्देशनमा अमिताभको ‘मेडे’


द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता अजय देवगन नयाँ फिल्म ‘मेडे’को तयारीमा छन् । उनी यो सिनेमालाई निर्माण तथा निर्देशन गर्नेछन् । अजयको निर्देशनमा बन्ने फिल्ममा अमिताभ बच्चनको अभिनय रहनेछ ।

यो सिनेमामा अमिताभसँगै रकुलप्रीत सिंहको पनि मुख्य भुमिका छ । यो सिनेमाको छायांकन अर्काे महिना डिसेम्बरमा हैदराबाट सुरु हुनेछ । भारतिय मिडिया अनुसार सिनेमाको लागि सुटिङ सेट पनि तयार भइसकेको छ ।

कोरोना कहरलाई मध्यनजर गर्दै यो सिनेमाको पुरै सुटिङ इनडोर गरिनेछ । हाल अजय आफ्नो आगामी सिनेमा ‘भुज: द प्राइड अफ इन्डिया’मा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्