रश्मिकालाई गूगलले बनायो ‘नेशनल क्रश’


द सिनेमा टाइम्स, काठमाडौं- साउथ सिनेमाकी चर्चित नायिका रश्मिका मन्दाना ‘नेशनल क्रश’ सावित भएकी छन् । हाल गूगलमा रश्मिकालाई नेशनल क्रशको रुपमा देखाइएको छ ।

उनलाई गूगलले नेशनल क्रशको रुपमा देखाएपछि सामाजिक सञ्जालमा ‘ह्याजट्याग नेशनल क्रश रश्मिका मन्दाना’ ट्रेन्ड गरिरहेको छ । रश्मिकाको फ्यानहरुले ह्याजट्यागको प्रयोग गर्दै ट्विट गरिरहेका छन् ।

रश्मिका र विजय देवरकोन्डा स्टारर सिनेमा ‘गीता गोविन्दा’ र ‘डियर कमरेड’ ब्लकबस्टर भएको थियो । यी सिनेमाबाट रश्मिकाले निकै चर्चा पाएकी थिइन् । अब, रश्मिका अल्लू अर्जनसँग ‘पुष्पा’ सिनेमामा देखिनेछिन् । यो सिनेमासँगै उनी तमिल सिनेमा ‘सुल्तान’ र कन्नड सिनेमा ‘पोगारु’मा देखिदैछिन् ।

प्रतिक्रिया दिनुहोस्