‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर सार्वजनिक


द सिनेमा टाइम्स, काठमाडौँ – मल्टीस्टारर सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । करिश्मा मानन्धरकी सुपुत्री कविता मानन्धर र शिव श्रेष्ठका सुपुत्र शक्ति श्रेष्ठको डेब्यु सिनेमा भएकाले ‘एउटा यस्तो प्रेम कहानी’ चर्चामा छ ।


तर, यो सिनेमा पहिलो टिजर सार्वजनिक भएको २ वर्षसम्म पनि प्रदर्शनमा आउन सकेन । अब भने हल खुल्नासाथ सिनेमा रिलिज हुने बताइएको छ ।

१ मिनेट लामो टिजरले प्रेम र विछोडको आभास बनाउछ । यसको पहिलो टिजरमा एक्सनलाई प्रथामिकता दिइएको थियो ।

दिपेश सापकोटाले निर्देशन गरेको सिनेमामा कविता र शक्तिसँगै शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुषमान देशराज जोशी, सन्जोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइरालालगायतका कलाकारहरुको अभिनय छ ।

शिव श्रेष्ठ, दिनेश दर्शनधारी, यसोदा राई निर्माता रहेको सिनेमाको सह निर्मातामा सुनिल कटुवाल, राम नारायण शाह, दिनेश थापा मगर, खुम तामाङ र तारा तुलाधर छन् ।

प्रतिक्रिया दिनुहोस्